खेल

पाँच शीर्ष लिगको सर्वाधिक गोलकर्ता बने रोनाल्डो

पाँच शीर्ष लिगको सर्वाधिक गोलकर्ता बने रोनाल्डो

रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले टिमलाई स्पेनिस ला लिगाको उपाधि होडमा बलियो बनाएसँगै नयाँ कीर्तिमान पनि बनाएका छन् ।

रोनाल्डोले युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनले सेल्टा भिगोविरुद्ध बुधबार राति २ गोल गर्ने क्रममा उक्त कीर्तिमान रचेका हुन् ।

उनले इंग्लिस प्रिमियर लिग र ला लिगामा गरी ३६७ गोल गरेर युरोपका शीर्ष पाँच लिग मध्ये सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका हुन् ।

उनले सन् १९७१ मा इंग्ल्याण्डका पूर्व स्ट्राइकर ग्रेएवेसले बनाएको कीर्तिमान भंग गरेका हुन् । चेल्सी, एसी मिलान, टोटनह्याम तथा वेष्ट ह्यामका पूर्व स्ट्राइकर जिम्मी ग्रेएभेसले लिगमा ३६६ गोल गरेका थिए ।

 

क्रिष्टियानो रोनाल्डो

विशेष