एलईडी प्रकरणः सर्वोच्चले दियो कारण देखाउ आदेश
काठमाडौं - एलईडी बल्ब खरिद प्रक्रियामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएका छ । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले शुक्रबार सो आदेश माग गरेको हो ।
उक्त आदेशसँगै सर्वोच्चले अन्तरिम आदेश छलफलका लागि सरकारलाई बोलाएको प्रवक्ता महेन्द्रनाथ उपाध्यायले बताए । अधिवक्ता द्वय लेखनाथ भट्टराई र नारायण चौलागाईंले मन्त्रिपरिषद्समेतलाई विपक्षी बनाएर गत बुधबार मुद्दा दायर गरेका थिए ।
इइएसएलसँग ९ वाटको २ करोड थान बल्ब खरिद प्रक्रिया कानुनविपरित अघि बढाइएकाले यसमा अन्तरिम आदेश माग गरिएको थियो ।
सर्वोच्च अदालत एलईडी बल्ब