पनौती नगरपालिकामा एमाले विजयी

काभ्रे : काभ्रेको पनौती नगरपालिकामा नेकपा एमालेका भीम न्यौपाने १२ हजार २५६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विदुर बञ्जाराले ९ हजार १९० मत ल्याएका छन् ।
त्यस्तै, उपप्रमुखमा एमालेकी गीता बञ्जाराले १२ हजार ९९ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अन्जु रञ्जितले ९ हजार १२८ मत प्राप्त गरेकी छिन् ।
काभ्रे पनौती नगरपालिका