रसुवागढी नाका पुनः सञ्चालनमा

रसुवा : स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द रसुवागढी नाका पुनः सञ्चालनमा आएको छ ।
प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेकाअनुसार निर्वाचनको समयमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न समझदारीबाट सर्वसाधारण र सवारी–साधन आवागमनमा चिनियाँपक्षले रोक लगाएको थियो । सो नाका खुला भएपछि बिहीबारदेखि सामान आयात–निर्यात हुन थालिसकेको छ ।
शुक्रबारसम्म सयौं ट्रक र कन्टेनर सामान लिनका लागि रसुवागढीको मितेरी पुलबाट केरुङतर्फ गएका छन् ।
स्थानीय तह निर्वाचन रसुवागढी नाका