मुख्य समाचार

दोस्रो चरणको निर्वाचनमा रातो मसीबाट मतसंकेत

दोस्रो चरणको निर्वाचनमा रातो मसीबाट मतसंकेत

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातोरङको मसी प्रयोग गरी मतसंकेत गराउने निर्णय गरेको छ । आयोगका सचिव गोपीनाथ मैनालीले पत्रकारसँग कुरा गर्दै दोस्रो चरणमा स्वस्तिक छापमा रातोरङ लगाउने व्यवस्था गर्न लागिएको जानकारी दिए ।

पहिलो चरणमा नीलोरङको मसीको प्रयोग गरी मतसंकेत गरिएको थियो । दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नम्बर–१, २, ५ र ७ का ४१ जिल्लामा यही जेठ ३१ गते हुँदैछ । नीलो मसीबाट गरिएको मतसंकेतले मतगणनामा केही असहजता देखिएको गुनासो आएको थियो ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने–‘दोस्रो चरणको निर्वाचनका लागि मतदान हुने जिल्लामा स्ट्याम्प प्याड रातो र सोही रङको मसी प्रयोग गरी मतदान गराउनका लागि स्ट्याम्प प्याड र मसी खरिद गर्ने निर्णय गरिएको छ ।’

पहिलो चरणमा देखिएका कमजोरीलाई दोहरिन नदिन आयोगले निर्वाचनमा सुरक्षा रणनीति र मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने योजना बनाएको उनले जानकारी दिए ।

विशेष