मुख्य समाचार

स्याङ्जाका सातवटामा एमाले, चारवटामा कांग्रेस विजयी

स्याङ्जाका सातवटामा एमाले, चारवटामा कांग्रेस विजयी

वालिङः स्याङ्जाका ११ वटा स्थानीय तहमध्ये सात वटामा नेकपा एमाले र चारवटामा नेपाली कांग्रेस विजयी भएको छ ।

एमाले स्याङ्जाका पुतलीबजार र गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, हरिनास, बिरुवा तथा कालीगण्डकी गाउँपालिकामा विजयी भएको छ भने कांग्रेस वालिङ, भीरकोट र चाँपाकोट नगरपालिकासहित अर्जुनचौपारी गाउँपालिकामा विजयी भएको छ ।

एमालेबाट पुतलीबजार नगरपालिकाको प्रमुखमा सीमा क्षेत्री र उपप्रमुखमा महेश पुरी तथा गल्याङ नगरपालिकाको प्रमुखमा भुपराज अधिकारी र उपप्रमुखमा देवी थापा विजयी भएका छन् ।

त्यस्तै, एमालेबाट आँधीखोला गाउँपालिकाको अध्यक्षमा सुधीरकुमार पौडेल, उपाध्यक्षमा शर्मिला पौडेल, फेदीखोलाको अध्यक्षमा घनश्याम सुवेदी र उपाध्यक्षमा देवी थापा, हरिनाशको अध्यक्षमा खिमनारायण मानन्धर र उपाध्यक्षमा झनिमाया पराजुली, बिरुवाको अध्यक्षमा चुनप्रसाद शर्मा र उपाध्यक्षमा देवीकुमारी थापा, कालीगण्डकीको अध्यक्षमा खिमबहादुर थापा र उपाध्यक्षमा सावित्रा कोइराला तथा अर्जुनचौपारीको उपाध्यक्षमा चीनमाया गुरुङ विजयी भएका छन् ।

कांग्रेसबाट वालिङ नगरपालिकाको प्रमुखमा दिलीपप्रताप खाँण र उपप्रमुखमा कल्पना तिवारी, भीरकोट नगरपालिकाको प्रमुखमा छायाराम खनाल र उपप्रमुखमा सीमा कर्माचार्य क्षेत्री तथा चापाकोट नगरपालिकाको प्रमुखमा शिवकुमार गिरी र उपप्रमुखमा विमला श्रेष्ठ विजयी भएका छन् ।

त्यस्तै कांग्रेसवाटै अर्जुनचौपारी गाउँपालिका अध्यक्षमा दीर्घनारायण अर्याल विजयी भएका छन् ।

स्याङ्जा स्थानीय तह निर्वाचन

विशेष