मनोरञ्जन

लिसालाई पुत्र लाभ

एजेन्सी

लिसालाई पुत्र लाभ

बलिउड अभिनेत्री तथा चर्चित मोडल लिसा हेडनलाई पुत्र लाभ भएको छ । सामाजिक सञ्जाल इनस्टाग्राममा तस्विर सेयर गर्दै लिसाले खुशीको खबर सार्वजनिक गरेकी हुन् ।

तस्विरमा लिसा हस्पिटल अगाडि आफ्ना पति डिनो ललभानीसँग छोरा लिएर देखिएकी छिन् । बुधबार जन्म दिएपछि यी दम्पतीले छोराको नाम ज्याक ललभानी राखेका छन् ।

मोडलिङबाट आफ्नो करियर सुरु गरेकी लिसाले अहिलेसम्म ‘हाउसफुल ३’, ‘क्वीन’, ‘द सकिन्स’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् ।

करिब एक वर्षको प्रेम सम्बन्ध पछि लिसाले डिनो ललभानीसँग सन् २०१६ अक्टोबरमा विवाह गरेकी थिइन् । पाकिस्तानी मुलका डिनो ब्रिटेनमा जन्मिएका हुन् ।
पछिल्लो समय उनी फिल्म ‘ए दिल है मुस्किल’ मा देखिएकी थिइन् ।

लिसा हेडन

विशेष