मनोरञ्जन

फिल्ममा आउनुअघि यस्तो काम गर्थे यी बलिउड सेलिब्रेटी, भाँडा मस्काउनेदेखि खलासीसम्म

फिल्ममा आउनुअघि यस्तो काम गर्थे यी बलिउड सेलिब्रेटी, भाँडा मस्काउनेदेखि खलासीसम्म

काठमाडाैँः अहिलेका चर्चित सेलिब्रेटिहरु फिल्ममा आउनुअघि के काम गर्थे भन्ने कुरा सबैको कौतुहलताको विषय बनेको छ । कतिले आफ्नो करियरको सुरुवात वाचमेन बनेर गरे त कतिले बसको खलासी र वेटरको पनि काम गरे ।

नवाजुद्दीन सिद्दीकी — बलिउडका चर्चित अभिनेता नवाजुद्दनित सिद्दीकीले एक अन्तवार्तामा बताएका छन् की, उनका बाबु किसान थिए । आमी सात भाइ र दुई दिदीबहिनी । घरमा फिल्मको नाम लिनु पनि राम्रो मानिदैनथ्यो । उनी राम्रो लेखपढ गरुन् भन्ने बाबुको चाहना थियो । धेरै पापडबेलेर हरिद्वारको गुरुकुल कांगडी युर्निभर्सिटिबाट उनले विज्ञानमा ग्राजुवेट गरें । तर पनि जागिर मिलेन । जागिर नपाएपछि यताउती गरेरै समय बित्यो । बडौदामा एक पेट्रोलियम कम्पनी थियो । त्यहाँ रहेर डेढ वर्ष काम गरे । त्यहाँ खतरनाक काम भएका कारण जागिर छोडेर उनी दिल्ली आए । त्यसपछि रंगमञ्च धाउने बानी पर्यो । थियटरमा पैसा नपाइने हुनाले विहानबेलुका छाक टार्नको लागि उनले वाचमेनको काम गर्न थाले । थियटरमा काम गर्ने क्रममा नै उनले फिल्ममा आउने मौका पाए ।

अक्षय कुमार — फिल्ममा आउनु भन्दा अघि अक्षय कुमार भाँडा माज्ने काम गर्थे । ब्यांककमा आफ्नो खर्च जुटाउनकालागि अक्षय एक होटलमा वेटर थिए । त्यहीँ काम गर्दा उनले भाँडा पनि माज्नुपर्ने हुन्थ्यो । उनले सन् १९९१ मा पहिलो फिल्म ‘सौगांध’ मा डेब्यु गरे । त्यसपछि उनले कहिल्यै पछि फर्केर हेर्नु परेन ।

रजनीकान्त — दक्षिण भारतीय सिनेमाका सुपरस्टार रजनीकान्तलाई दक्षिण भारतमा भगवान मानेर पूजिन्छ । तर, यी सुपरस्टार फिल्ममा आउनुभन्दा पहिला बसका खलासी थिए । जब उनी बसमा टिकेट काट्थे, उनको स्टाइलबाट प्रभावित भएर एक निर्देशकले उनलाई फिल्ममा काम गर्ने मौका दिएका थिए । त्यँहादेखि उनको भाग्य बदलियो ।

जोनी लीभर — बलिउडका चर्चित कमेडियन जोनी लीभर फिल्ममा आउनु भन्दा पहिले सडकमा पेन बेच्ने गर्थे । फिल्ममा दर्शकलाई हसाउँन माहिर जोनी लीभरले फिल्म ‘दर्द का रिश्ता’ बाटबलिउडमा डेब्यु गरेपछि उनलाई अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन ।

रणभीर सिंह — बलिउडका चर्चित अभिनेता रणभीर सिंह बलिउडमा आउनु भन्दा पहिले एक विज्ञापन एजेन्सीमा काम गर्ने गर्थे । मुम्बइको एक विज्ञापन कम्पनीमा उनको कपीराइटरको पद थियो । पछि आफ्नो निर्देशक साथी मनिष शर्माले उनलाई अभिनयमा ल्याएका हुन् ।

 

विशेष