मनोरञ्जन

एश्वर्या, करिना र कट्रिनाले छोडेका यी फिल्मबाट उदाइन् दिपिका

एजेन्सी

एश्वर्या, करिना र कट्रिनाले छोडेका यी फिल्मबाट उदाइन् दिपिका

बलिउड अभिनेत्री दिपिकाले चर्चा बटुलेका कयौँ फिल्ममा दिपिका पहिलो आकर्षण थिइनन् । एश्वर्या, करिना र प्रियंकालाई अफर गरिएका कयौँ फिल्म दिपिकाले पाइन् । तीमध्ये पिकु, ह्याप्पी न्यु यीयर, रामलीला, चेन्नाइ एक्सप्रेस, रेस २ आदि हुन् ।

बाजीराओ मस्तानी — सञ्जयलीला भन्साली निर्देशीत फिल्म ‘बाजिराओ मस्तानी’ मा दिपिकाको भूमिका पहिला एश्वर्या राय वच्च्न र करिना कपूरलाई दिइएको थियो । तर, दुबैजना यस फिल्मको हिस्सा बन्न पाएनन् । करिना उक्त भूमिकाको लागि उत्सुक थिइनन् भने एश्वर्यालाई मिती तोक्न मुश्किल थियो । तर, उक्त भूमिका पछि दिपिकाले पाइन् र फिल्म पनि सुपरहिट भयो ।

ककटेल — फिल्म ‘ककटेल’ मा दिपिका भन्दा पहिला प्रियंका चोडालाई अफर गरिएको थियो । तर, प्रियंकालाई सैफ अली खानसँग काम गर्न मन नभएका कारण उनले उक्त प्रस्ताव अस्विकार गरिन् ।

ह्याप्पी न्यु यीयर — फिल्म ह्याप्पी न्यु यीयरमा दिपिका भन्दा पहिला उक्त भूमिकाको लागि करिना कपूरलाई अफर गरिएको थियो । तर, त्यसबखत करिना ‘बजरंगी भाइजान’ र ‘सिंघम रिटर्नस्’ को सुटिङमा व्यस्त भएका कारण उनले उक्त फिल्ममा काम गर्न सकिनन् ।

चेन्नाइ एक्सप्रेस —फिल्म ‘चेन्नाइ एक्सप्रेस्’ को लागि पनि निर्देशक रोहीत शेट्टीले पहिला करिनालाई अफर गरेका थिए । तर, त्यस समय करिना र सैफको विवाह चलिरहेको कारण उनले उक्त अफर अस्वीकार गर्नुपरेको थियो ।

पिकु — फिल्म ‘पिकु’ को अफर अभिनेत्री परिनिती चोपडालाई दिइएको थियो । तर, कुनै ठूलो ब्यानरको कन्ट्राक्टमा संलग्न भएका कारण उनले उक्त फिल्ममा काम गर्ने मौका गुमाउनुपरेको थियो ।

रेस २ — यस फिल्ममा सैफ अली खान हिरो भएका कारण प्रियंका चोपडाले यस फिल्ममा काम गर्न मानिनन् । पछि उक्त अफर दिपिकाले पाइन् ।

रामलीला — फिल्म ‘रामलीला’ को लागि पनि पहिलो अफर करिना कपुरलाई दिईको थियो । तर, सैफसँग विवाहको माहोल सुरु हुन थालेका कारण करिनाले प्रस्ताव नकारेकी थिइन् । फिल्मको सुटिङ सन् २०१२ मा सुरु भएको थियो भने करिनाले विवाह पनि २०१२ मा गरेकी थिइन् ।

एश्वर्या राय दिपिका पादुकोण

विशेष