खेल

मुम्बई आइपिएलको फाइनलमा प्रवेश, पुनेसँग भिड्ने

मुम्बई आइपिएलको फाइनलमा प्रवेश, पुनेसँग भिड्ने

मुम्बई इण्डियन्स आइपिएल (इण्डियन प्रिमियर लिग) को फाइनलमा प्रवेश गरेको छ ।

प्लेअफमा शुक्रबार कोलकत्ता नाइट राइडर्सलाई ६ विकेटले पराजित गर्दै मुम्बई दशौं आइपिएलको उपाधि नजिक पुगेको हो । बैंग्लोरको चिन्नस्वामी रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सफल भयो ।

कोलकत्ताको लागि सूर्यकुमार यादवले ३१ र इशान्क जागीले २८ रन बाहेक अन्यले रन जोड्न सकेनन् । कोलकत्तालाई सस्तोमै समेट्ने क्रममा मुम्बईका करण शर्माले सर्वाधिक ४ विकेट लिए । त्यस्तै बुमराहले ३ तथा मिचेल जोहन्सनले २ विकेट लिए ।

१०८ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बईले १४.३ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । मुम्बईको लागि क्रुनाल पाण्डेले नटआउट ४५ रनको योगदान दिए । त्यस्तै रोहित शर्माले २६ तथा पार्थिव पटेलले १४ रन बनाए । कोलकत्ताको लागि चावलाले २ विकेट लिए ।

मुम्बईले उपाधिका लागि आइतबार पुनेसँग खेल्ने छ । तर यस सिजनमा मुम्बई सुरुवात देखि उपाधिको दाबेदार मानिएपनि प्लेअफ समेत गरी पुनेविरुद्धको तीन खेलमै हार व्यहोरेको छ ।

मुम्बईले यसअघि २०१३ र २०१५ को आइपिएल उपाधि जितेको थियो । यता पुने भने पहिलो पटक आइपिएलको फाइनलमा प्रवेश गरेको छ ।

 

 

इन्डियन प्रिमियर लिग (आइपिएल) मुम्बई इण्डियन्स

विशेष