खेल

ला लिगाको उपाधी छिनोफानो आज, कस्ले जित्ला ?

ला लिगाको उपाधी छिनोफानो आज, कस्ले जित्ला ?


जेठ ७ । स्पेनिस ला लिगा फुटवलको उपाधी छिनोफानो आज हुँदैछ ।

उपाधी होडमा रहेका दुइ महारथी रियल मड्रिड र बार्सिलोनाले आज आफ्नो अन्तिम खेल खेल्दैछन् ।  ला लिगाकै यो सिजनको अन्तिम खेलका रुपमा रियल मालागासँग तथा बार्सा आइवरसँग नेपाली समय अनुसार राती पौने १२ बजे प्रतिस्पर्धामा उत्रनेछन् ।

दुबैले जित निकाले रियलले उपाधी जित्नेछ । रियल पराजित भएमा मात्र बार्साका लागि उपाधीको संभावना खुल्नेछ । रियल ९० अंक सहित शीर्ष स्थानमा रहँदा बार्साको ८७ अंक छ । रियलले बराबरी खेलेमात्र पनि उपाधी जित्नेछ ।

एट्लेटिको मड्रिडले तेस्रो तथा सेभियाले चौथो स्थान पक्का गरिसकेका छन् । स्पोटिङ गिजोन, ओसासुना र ग्रानाडा यो सिजनमा रेलिगेसनमा पर्दै बि डिभिजनमा झरेका छन् ।

विशेष