खेल

इण्डियन प्रिमियर लिग क्रिकेटको उपाधि भिडन्त आज

इण्डियन प्रिमियर लिग क्रिकेटको उपाधि भिडन्त आज


जेठ ७ । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल)को उपाधिका लागि आज मुम्बई इण्डियन्स र राईजिङ पुने सुपरजाईन्ट्स बिच प्रतिस्पर्धा हुने भएको छ ।

प्ले अफ् अन्तर्गतको पहिलो क्वालीफायरमा मुम्बईलाई हराँउदै पुने फाईनलमा पुगेको थियो । मुम्बईले भने दोस्रो क्वालिफायरमा कोलकाता नाईट राइडर्सलाई हराँउदै फाइनलमा स्थान पक्का गरेको हो ।

जारी सिजनको आईपिएल क्रिकेटमा मुम्बई र पुने भिड्न लागेको यो चौथो पटक हो । यसअघिका तीन भिडन्तमध्ये मुम्बई दुई वटामा विजयी भएको थिया ेभने पुने एउटामा विजयी भएको थियो ।लिग चरणका दुईवटै खेलमा मुम्बई विजयी हुँदा फाईनल प्रवेशका लागि भएको प्ले अफ खेलमा भने पुनेले बाजी मारेको हो ।
आइपीएल क्रिकेटको दशौं संस्करणको फाईनलमा पुगेको पुनेले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

मुम्बई इन्डियन्सले भने सन् २०१३ र २०१५ मा गरी दुई पटक आईपीएलको उपाधि जितिसकेको छ भने पुने पहिलो पटक फाइनलमा पुगेको हो ।

विशेष