मनोरञ्जन

‘मेरो कारणले यदि कसैको अनलाइन पत्रिका बिक्छ भने म खुशी छु’ प्रियंका कार्की

‘मेरो कारणले यदि कसैको अनलाइन पत्रिका बिक्छ भने म खुशी छु’ प्रियंका कार्की


जेठ ८ । यतिबेला सामाजिक सञ्जालभरिका गसिपलाई हेर्दा नायिका प्रियंका कार्की र आयुस्मान जोशीको चर्चा परिचर्चा देखिन्छ ।

केही समयअघिमात्र आयुस्मान र उनकी पूर्व प्रेमीका परमीताको सम्बनध चिसिएको थियो । परमीतसँग सम्बन्ध चिसिनुलगत्तै आयुस्मान प्रियंकासँग नजिकिन पुगे । त्यसपछि सामाजिक सञ्जालतिर उनीहरुको सम्बन्धलाई लिएर सकारात्मक तथा नकारात्मक रुपमा व्यापक टिप्पणी हुन थालेको छ । त्यसो त आयुस्मानको पनि बेलाबेलामा ट्रोलहरु पनि बन्ने गर्छन् ।

एक अन्तर्वातामा पछिल्ला समयका गसिपबारे बोल्दै प्रियंकाले आफूले गल्ती नगर्दा कसैको कुराले पनि फरक नपार्ने बताइन् । आफ्नो पेशा नै त्यस्तै भएको र आफूलाई कसैले पनि डोराएर फिल्म इन्डस्ट्रिमा नल्याएको कारण पेशाको राम्रो र नराम्रो दुबै कुरालाई स्वीकार गर्नै पर्ने बताइन् । यसमा थप स्पष्टिकरण दिँदै उनले भनिन्, ‘यदि मेरो कारणले कसैको अनलाइन पत्रिका बिक्छ भने म धेरै खुशी छु की म कसैको जीवनयापानको स्रोत बनेकी छु ।’

आफूलाई नजिकबाट चिन्नेहरुलाई सबै कुरा थाहा भएको र उनहिरुले बुझ्ने बताउँदै उनले भनिन्, ‘यो भन्दा बाहिर कसैलाई बिन्ती गर्न सकिदैँन । मेरो सोच भनेको काममा मात्रै छ ।’

यस्तैगरि अर्का नायक आयुस्मानले पनि सामाजिक सञ्जालमा आफूबारे बनेको ट्रोलबारे बताउँदै भने, ‘उहाँहरुले हाँसोस् भनेर बनाउनु भएको हुन्छ म पनि हाँसिदिन्छु ।’ आफ्ना बारेमा ट्रोलहरु हेरेर आफु पनि हाँसिरहेको उनले बताए । उनले थपे, ‘जेजस्तो भएपनि चर्चाकै लागि भइरहेको छ । नराम्रो मान्नुपर्ने छैन । ट्रोल बनाएर पनि मान्छेहरुले पैसा कमाउँछन् भने राम्रो काममा कुरामा मजाक गरुन् । कसैको चित्त दुखाएर भने अरुलाई मजाकको पात्र नबनाउन् ।’

विशेष