मनोरञ्जन

‘प्रेमगीत २ की नायिकाले गीतको भूमिकालाई न्याय गरुन् भन्ने चाहना छ’

‘प्रेमगीत २ की नायिकाले गीतको भूमिकालाई न्याय गरुन् भन्ने चाहना छ’

काठमाडौँ: केही समयअघि रिलिज भएको फिल्म ‘प्रेमगीत’ ले दर्शकको व्यापक रुपमा माया र साथ पायो । फिल्मले सफलता हासिल गरेता पनि फिल्मका नायक प्रदिप खड्का र नायिका पूजा शर्माको भने सम्बन्ध बिग्रियो ।

हाल ‘प्रेमगीत २’ पनि निर्माणको क्रममा छ । तर फिल्मको सिक्वेलमा भने नायिका पूजा शर्मालाई अनुबन्ध गरिएन । उनी रिलिजको क्रममा रहेको ‘म यस्तो गीत गाउँछु’ को फिल्मको प्रचारमा व्यस्त छिन् ।

एक अन्तर्वातामा उनलाई अहिलेको गीतको काम कस्तो लागिरहेको छ भन्ने प्रश्न गरिएको थियो । प्रतिउत्तरमा उनले उक्त नायिकाले गीतको क्यारेक्टरलाई न्याय दिए हुन्थ्यो भन्ने चाहना भएको बताइन् ।

फिल्मको गीतमात्र हेरेर कामलाई निर्धारण गर्न नसकिने र भोली फिल्म हरेपछि कस्तो मान्छेलाई अनुबन्ध गरिएको भन्ने कुरामा जानकार हुने उनले बताइन् । ‘प्रेमगीत २’ आफ्नो पनि फिल्म भएकाले गर्दा बेलाबखमा फिल्मबारे अपडेट हुने गरेको पनि उनले बताइन् ।

विशेष