मनोरञ्जन

८० वर्षीया वृद्धा बन्दै कंगना

८० वर्षीया वृद्धा बन्दै कंगना

काठमाडाैँः धेरै अभिनेत्रीहरु आफूलाई फिल्ममा राम्री र आकर्षक युवतीको भूमिकामा ढाल्न चाहन्छन् । तर, बलिउडकी चर्चित अभिनेत्री कंगना रनौट आफ्नो नयाँ फिल्म ‘तेजु’ मा ८० वर्षीय वृद्धाको भूमिकामा देखिदैँछिन् ।

कंगना आफैँले निर्देशन गर्न लागेको उक्त फिल्मको छायांकन यसै वर्षको डिसेम्बरमा सुरु हुनेछ । हिमाचल प्रदेशको पहाडी क्षेत्रमा छायांकन हुन लागेको उक्त फिल्म रिलिज भने अर्को वर्षको अन्त्यतिर हुने बताइएको छ ।

यसबारे बोल्दै कंगनाले आफूले यस फिल्ममार्फत निर्देशकीय रुपमा आफ्नो नयाँ यात्राको सुरुवात गर्न लागेको र आफूले यसैकारण चुनौतीपूर्ण भूमिका रोजेको बताइन् । फिल्मबारे बयान दिँदै कगंनाले आफूले फिल्ममा एक ८० वर्षीया बृद्धाको भूमिका निभाउन लागेको बताएकी हुन् ।

कंगना रनौट

विशेष