पाँचथरमा चट्याङ लागेर एकको मृत्यु

पाँचथरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । साविक थर्पु गाविस वडा नं. ९ का याङवरक गाउँपालिका वडा नं. ५ मा बस्ने नन्द कुमार तावाको छोरा बल बहादुर तावाको मृत्यु भएको हो ।
घरको माथिल्लो तलामा आफ्नो मोवाइल चार्ज गर्दै बसेको अवस्थामा चट्याङ परेको थियो । चट्याङको झट्का लागी उनी घरको तल्लो तलामा झरेका थिए । गम्भीर घाइते भएका बल बहादुरलाई उपचारको लागि अस्पताल लैजाने तयारी हुँदै गर्दा घरमै मृत्यु भएको जनाइएको छ ।
पाँचथर मृत्यु