मनोरञ्जन

पूर्वपत्नी अमृताको कारण सैफलाई असह्य पीडा

पूर्वपत्नी अमृताको कारण सैफलाई असह्य पीडा

सन् २००५ मा सैफ अली खानले दिएका एक अन्तर्वाता यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यसमा उनले उनकी पूर्व पत्नी अमृता सिंहले आफ्नो सम्बन्धबारे कुरा गरेकी थिए ।

उक्त अन्तर्वातामा सैफले आफ्नो दुःखलाई बताउँदै भनेका थिए की , ‘म मेरी पत्नीको व्यक्तिगत धरातललाई कदर गर्छु । तर, किन मलाई बारम्बार यो कुरा याद दिलाउँछिन् की म कत्ति नराम्रो पति थिएँ । कत्ति नराम्रो पिता थिएँ ।’ यो अन्तर्वाता सैफले अमृतासँगको सम्बन्ध विच्छेद पछिको केही वर्षपछि बताएका थिए ।

सैफले भनेका थिए की, ‘मलाई एकदमै रुन आउँथ्यो जब मलाई मेरै सन्तानसँग मिल्न दिइन्थेन ।’ अन्तर्वाता दिँदै सैफले भने, ‘मेरो वालेटमा छोरा इब्राहिमको फोटो छ । हरेक पटक उसलाई देख्नेवित्तिकै मलाई रुन आउथ्यो । उसँग भेट्नको लागि मलाई अनुमति पनि थिएन । मेरी छोरीसँग पनि भेट्ने अनुमति थिएन मलाई । अहिले मेरा छोराछोरी अमृताका परिवार र नोकरहरुसँग बस्छन् । जब की अमृा टिभी सिरियलमा काम गरिरहेकी छिन् । अब उनलाई यो सब गर्न किन जरुरत पर्यो ? जब की म आफ्नो परिवारलाई साथ दिने हैसियत राख्ने गर्छु ।’

सैफले अमृतासँग सम्बन्ध विच्छेद गर्नेबेलामा अमृतालाई ५ करोड रुपैयाँ दिने कुरा भएको थियो । त्यो पैसा एकै पटकमा तिर्न नसकेर उनले अलिअलि गर्दै दिइरहेका छन् । आफूसँग धेरै पैसा नभएको र मर्नेबेलासम्म आफ्नो परिवारको हेरचाह गर्ने उनले बताएका छन् । भावुक हुँदै उनले भने, ‘मैले स्टेज सो, विज्ञापनबाट जति पनि कमाई गरेको छु, त्यो सबै बच्चाहरुकै लागि हो । हाम्रो बंगला पनि अमृता र बच्चाहरुको लागि हो ।’

 

सैफ अली खान

विशेष