समाज

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमा छापामाध्यम अग्रपंक्तिमा

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमा छापामाध्यम अग्रपंक्तिमा

काठमाडौँः स्थानीय तहको निर्वाचन पहिलो चरण निर्वाचनको मौन समयाबधि अघि, मौनसमयावधि र निर्वाचनपछि समेतको अनुगमनको क्रममा १२७ सञ्चारमाध्यमका सामग्री निर्वाचन आचारसंहिता विपरीत प्रकाशन/प्रशारण भएको भेटिएका छ । सोमबार प्रेस काउन्सील नेपालले एक विज्ञप्ति जारी गर्दै सो अवधिमा २०६ सामग्री अचारसंहिता विपरीत रहेको जानकारी दिएका हो ।

बैशाख १५ गतेबाट निर्वाचन आचारसंहिता केन्द्रीत अनुगमन गरिरहेको काउन्सिलबाट जेठ ८ गते सार्वजनिक प्रतिवेदनअनुसार निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरुमा छापामाध्यम अग्रपंक्तिमा देखिएको छ । जसअनुसार ६७ छापामाध्यममा प्रकाशित ११५ सामग्री, ४९ वटा अनलाईनमा प्रकाशित/प्रसारित ६५ सामग्री, ६ वटा टेलिभिजनबाट प्रसारित १३ सामग्री, ५ वटा रेडियोका १२ सामग्रीले आचारसंहिता उल्लंघन भएको काउन्सीले जनाएको छ । अनुगमनबाट आचारसंहिता उल्लंघन भएको देखिएको सञ्चारमाध्यमहरुलाई आचारसंहिता पालनामा ध्यानाकर्षण गर्नुको साथै निर्वाचन आयोगलाई नियमित प्रतिवेदन पेश गरिएको छ ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले भने –“निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचार–प्रसार सभाको लाइभ प्रसारण गरिरहेको नवलपरासीको एक एफएम रेडियोलाई तत्कालै सचेत गराइएको र त्यस्तो प्रसारण रोकिएको छ, कतिपय अनलाइनमा देखिएका त्रुटीलाई तत्काल सच्याउन निर्देशन दिईएको छ, पत्रकार र मिडिया सम्वद्ध फेसबुकमाथिसमेत अनुगमन भै प्रतिवेदन तयार भएको छ, आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यमलाई थप कार्वाहीको लागि प्रक्रिया अघि बढेको छ ।”

प्रेस काउनसिल अाचारसंहिता

विशेष