खेल

आइपीएल १० को उपाधी मुम्बईले जित्यो पुन १ रनले पराजित

आइपीएल १०  को उपाधी मुम्बईले जित्यो पुन १ रनले पराजित

जेठ ८ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटको उपाधि मुम्बई इन्डियनले जितेको छ ।

हैदरावादमा राइजिङ पुने सुपर जायन्ट्सलाई एक रनले हराउँदै मुम्बईले तेस्रो पटक उपाधि जितेको हो । उत्कृष्ट बलिङ गर्दै मुम्बईले १२९ रनको पनि रक्षा गर्‍यो। उसको जितमा अहम भूमिका निर्वाह गर्दै मिचेल जोन्सनले अन्तिम ओभरमा ९ रन मात्रै दिएर दुई विकेट लिए ।

अन्तिम ओभरमा पुनेलाई जितका लागि ११ रन आवश्यक थियो । तर उसले ९ रन मात्रै जोड्न सक्यो र १२८ रनमै सीमित भयो। कप्तान स्टीव स्मिथले ५१ र अजिङ्क्य रहानेले ४४ रन बनाए पनि हार टार्न सकेनन् ।

मुम्बईका लागि जसप्रीत बुमराहले दुई विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले कुनाल पाण्डेको ४७ रन मद्दतमा १२९ रन बनाएको थियो।

IPl t-20 Final

विशेष