स्वास्थ्य

राजधानीमा स्वास्थ्य परिक्षण नगरि दैनिक ७ सय ५० राँगा खसि काटिन्छन्

राजधानीमा स्वास्थ्य परिक्षण नगरि दैनिक ७ सय ५० राँगा खसि काटिन्छन्

जेठ ८ । राजधानीमा दैनिक ७ सय ५० को हाराहारीमा राँगा भैंसी काटिन्छन् ।

२ हजारको संख्यामा खसी बोका काटिने गरेका छन् । कति कुखरा काटिन्छन् भन्ने आँकडा नै छैन, तर अचम्म महानगरमा हरेक दिन सयौ‌को संख्यामा पुशवक्षीं बध गरिँदा समेत त्यसको कुनै स्वास्थ्य परीक्षण नै गरिँदैन ।

अहँ कहाँ स्वास्थ्य परीक्षण गर्नु मनपरि रुपमा बध गरिने गरेको छ स्वस्थ पशुवध गर्न सकाउने महानगरपालिका जनस्वास्थ्य विभाग प्रमुख हरिकुमार श्रेष्ठ भन्छन् । परीक्षण गर्ने व्यक्ति भए पो स्वास्थ्य परीक्षण गर्नु, केवल दशैमा मात्र स्वाथ्य परीक्षण गरिन्छ ।

काठमाडौं महानगरपालिकाले मासु ऐन लागु भएको १९ वर्षसम्म उपत्यकाबासीलाई स्वाथ्य मासु खुवाउन सकेको छैन। मासु ऐन जारी भएको २०५५ सालमा हो। राजधीमा रहेका पशुबध स्थललाई हटाएर उपत्यका बाहिबाट मासु ल्याउँदा मात्रै राजधानीबासीले स्वस्थ मासु खान पाउने छन् श्रेष्ठको भनाइ छ।

उनले वधस्थल व्यवस्थित गर्ने हरसमभव प्रयास गर्दासमेत हालसम्म सम्भव हुन नसकेको बताए। हाल राजधानीमा करिब ३ हजारको संख्यामा मुसु व्यवसयी छन् भने करिब १ हजारको संख्यामा साना ठूला पशु बधस्थल रहेका छन् । तर, एकाध बधस्थलमा मात्रै व्यवस्थित बध गर्ने गरिएको छ ।

समाचारपत्र

Meat In Kathamandu

विशेष