मनोरञ्जन

भल्लालदेव र देवसेनाकोे यस्तो मस्ती

भल्लालदेव र देवसेनाकोे यस्तो  मस्ती

एजेन्सी । भल्लालदेव र देवसेनाकोे मस्ती यतिबेलाको बहुचर्चित फिल्म ‘बाहुबली २’ ले १५०० करोडको व्यापार गरेपछि फिल्मले सारा रेकर्डहरु तोडेको छ ।
फिल्मले उल्लेख्य चर्चा कमाएपछि फिल्मका स्टारहरुको पनि चर्चा हुनु स्वभाविक हो ।

कलाकार भल्लालदेव र देवसेनाको यतिबेला रोमान्टिक गीतको भिडियो भाइरल भएको छ । तर, उक्त दृश्यहरु फिल्म ‘बाहुबली’ को भने होइन ।

राना दग्गुबती(भल्लालदेव) र अनुष्का शेट्टी(देवसेना) उक्त भिडियोमा रोमान्टिक दृश्यमा देखिएका छन् । फिल्म ‘रुद्रमादेवी’ को गीत ‘आउना निवेना’ मा उनीहरु सँगै देखिएका छन् जहाँ राना दागुब्बतीले एक राजकुमारको भूमिका निर्वाह गरेका छन् ।

उक्त फिल्ममा अनुष्का र दग्गुवत्ती रानाले कयौँ इन्टिमेट दृश्यहरु पनि दिएका छन् ।

बाहुबली २

विशेष