ऐश्वर्याको ड्रेसलाई लिएर सामाजिक सञ्जालमा भयो यस्तो मजाक

अभिनेत्री ऐश्वर्या राय बच्चन केही समयअघि फ्रान्समा भएको ७० औँ कान्स फिल्म फेस्टिबलमा सहभागी भइन् । फिक्का निलो रङको गाउनमा सजिएकी एश्वर्याले त्यहाँ सबैको ध्यान खिचेकी थिइन् ।
उनको आवरण देखेर पति अभिषेक बच्चनले पनि ऐश्वर्याको फोटो सेयर गरेका थिए । तर, यतिबेला भने उनलाई सामाजिक सञ्जालमा खुब मजाक उडाइन थालिएको छ । कसैले उनको ड्रेसलाई छाता बनाएका छन् त कसैले के ।
हेर्नुहोस् उनलाई मजाक बनाइएका तस्विरहरु