मनोरञ्जन

उमेर पुगेन भनेर आलियालाई बारमा छिर्न दिइएन

उमेर पुगेन भनेर आलियालाई बारमा छिर्न दिइएन

अभिनेत्री आलीया भट्टले बलिउडमा आफ्नो कब्जा जमाएको पनि ५ वर्ष भइसक्यो । २४ वर्षकै उमेरमा बलिउडको क्यानभासमा आफूलाई आफ्नो कलाले स्थापित गराउन सफल भएकी अभिनेत्री हुन् आलीया भट्ट ।

२४ वर्षकै उमेरमा उनी विस्तारै सबैको आइकन बन्दै छिन् । आलीयाको बच्चाजस्तो लुक्सले उनलाई उमेरमा सानो देखिन्छ । तर, उमेरले उनी २४ लागिसकिन् । केही समयअघिमात्र उनी लण्डन गएकी थिइन् । बेलायतको उत्त भ्रमणको क्रममा उनी साथीहरुसँग बार गएकी थिइन् । तर, उनलाई सुरक्षागार्डले कम उमेरको भनेर बाहिरै रोकिदियो ।

उनलाई भित्र छिर्नको लागि आफ्नो परिचयपत्र पनि देखाउन परेको थियो तर, उक्त सुरक्षागार्डले त्यो पत्र झुटो भएको भनेर भित्र पस्न दिएन । विदेशतिर मदिरा सेवन गर्न १८ वर्ष पुग्नुपर्छ तर, आलीया आफू २४ वर्ष हुँदा पनि बारमा छिर्न नदिएकोमा दुःखी भइन् ।

एजेन्सी

विशेष