देश

बोलेरो गाडी पल्टिँदा नौ घाइते, गोली लागेर एक घाइते

बोलेरो गाडी पल्टिँदा नौ घाइते, गोली लागेर एक घाइते

चितवनः पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ कुरिनघाटमा मंगलबार मध्याह्न बोलेरो गाडी अनियन्त्रित भई पल्टिँदा नौ जना घाइते भएका छन् ।
फिस्लिङबाट मुग्लिनतर्फ आउँदै गरेको ना ४ च २३३ नं को बोलेरो अनियन्त्रित भई भित्तामा ठोकिएको थियो ।

घाइते सबैलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसैबीच केही दिनअघि गोली लागेर घाइते बनेका भरतपुर

महानगरपालिका– २५ का २८ वर्षीय गङ्गाराम महतोको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मंगलबार उपचारका क्रममा मृत्यु भएको छ ।
महतोलाई घरमा सुतिरहेको समयमा लुटेराको समूहले यही जेठ ६ गते गोली हानेको थियो । 

विशेष