मनोरञ्जन

सोनम कपुर अभिनित ‘निर्जा’ विवादमा, ‘हामी अन्याय सहदैनौँ’– परिवार

सोनम कपुर अभिनित ‘निर्जा’ विवादमा, ‘हामी अन्याय सहदैनौँ’– परिवार

भारतको चर्चित फिल्म ‘निर्जा’ यतिबेला विवादमा मुछिएको छ । फ्लाइट एटेन्डर निर्जा भानोटको जीवनथामा आधारित उक्त फिल्मका निर्माताले निर्जाको परिवारलाई बक्स अफिसको १० प्रतिशत फाइदा नदिएपछि यतिबेला निर्जाका परिवारले मुख खोलेका छन ।

सोनम कपूर अभिनित फिल्म ‘निर्जा’ ले सय करोडमाथिको व्यापार गर्नुकासाथै राष्ट्रिय अवार्डसमेत हात पारेको थियो । फिल्म निर्माता र निर्जाका परिवारबीच बक्स अफीरको दश प्रतिशत दिने कुरा भएको थियो ।

तर, अहिलेसम्म पनि आफूहरुले उक्त रकम नपाएका कारण यतिबेला निर्जाका परिवारले मुख खोल्न बाध्य भएका हुन् । निर्जाका परिवारले यतिबेला आफूहरु अन्याय नसहने बताएका छन् । उक्त फिल्मलाई राम मधभानीले निर्देशन गरेका थिए ।

निर्जा भानोट २३ वर्ष पुग्न लागेको दुई दिनअघि नै विमान अपहरणमा परेकी थिइन् । उक्त विमान अपहरणमा २० जना व्यक्तिले ज्यान गुमाए भने १५० जना घाइते भएका थिए । करिब २०० जना भारतीय यात्रु रहेका रहेका उक्त विमानमा १३ जनाको मृत्यु भयो भने १०० जना घाइते भएका थिए । एजेन्सी

Neerja Sonam Kapur

विशेष