मनोरञ्जन

‘हामी सबैमा असल र खराब चरित्र हुन्छन, जसलाई बढि पोषण गरिन्छ त्यही बलियो हुन्छ’

‘हामी सबैमा असल र खराब चरित्र हुन्छन, जसलाई बढि पोषण गरिन्छ त्यही बलियो हुन्छ’

काठमाडाैँः  कुनै समयकी चर्चित अभिनेत्री मनिशा कोइराला अहिले केही समय चलचित्र क्षेत्रबाट गुमनामजस्तै भएकी थिइन् । क्यान्सर लागेपछि मिडियाबाट हराएकी मनिसा अहिले एकाएक आफ्नो नयाँ फिल्मलाई लिएर चर्चामा आएकी छिन् ।

उनको फिल्म ‘डियर माया’को ट्रेलर सार्वजनिक भइसकेको छ । ‘डियर माया’ मा उनले एक वृद्धाको भूमिका निभाएकी छिन् । फिल्ममा उनी मायाबाट र बाहिरी संसारबाट विरक्त भएकी माया देवीको भूमिकामा देखिएकी छिन् । त्यही वृद्धाको जीवनमा त्यसबेला तरंग पैदा हुन्छ जब स्कुल पढ्ने दुइजना केटिहरुले उनलाई अपरिचित व्यक्ति बनेर पत्र पठाउन थाल्छन् । मायाको संसारबाट मुक्त हुन चाहने माया देवी तीनै पत्र कोर्ने अपरिचितको खोजीमा लाग्छिन् । त्यसपछि के हुन्छ भन्ने कथामा नै फिल्मको कथा घुमेको मनिशा बताउँछिन् ।

क्यान्सरजस्तो रोगबाट मुक्ति पाएकी मनिसाकोअघि क्यान्सर हुँदाको समय र अन्य पिडिलाई के सुझाव दिनुहुन्छ भन्ने प्रश्न सधैँ तेस्रिन्छन् । फिल्मी कुरा चलिरहेकोबेलामा सोझिएको उक्त प्रश्नको पनि उनले विनम्र भएर उत्तर दिइन् । सुझाव दिँदै उनले मान्छेले दिमाग र शरीरलाई सन्तुलनमा राख्नुपर्ने बताइन् । मानसिक रुपमा स्वतन्त्र रहन, शारीरिक व्यायाम गर्न, चिल्लो खाना नखान, भोजनमा विशेष ध्यान दिन उनले सुझाइन् ।

मनिसा आफूले पनि आफ्नो समयको कदर गर्न नसकेकोमा र समयको उचित फाइदा उठाउन नसकेकोमा सधैँ गुनासो पोख्छिन् । आफ्ना विगतका प्रसंग जोड्दै उनले भनिन्, ‘हामी सबैमा असल र खराब चरित्र हुन्छन, जसलाई बढि पोषण गरिन्छ त्यही बलियो हुन्छ ।’

 

मनिसा कोइराला

विशेष