मनोरञ्जन

मनिषा भन्छिन् विवाह ‘नो चान्स’

मनिषा भन्छिन् विवाह ‘नो चान्स’


जेठ ९ । सात वर्ष अघि काठमाडौका व्यापारी सम्राट दाहलसँग लगनगाँठो कसे पनि बलिउड अभिनेत्री मनिषा कोइरालाको वैवाहिक जीवन लामो समय टिक्न सकेन । हनिमुनका लागि फिनल्याण्ड पुगेको यो जोडी दुई वर्षपछि अलग्गिए ।

सम्राटसंग छुट्टिएकै साल पाठेघरको क्यान्सर भएपछि उनले तीन वर्षको उपचारपछि क्यान्सरबाट छुटकारा पाइन ।

भारतीय संचारमाध्यममको कुराकानीमा उनले आफ्नो ध्यान कामम नै रहेको बताएकी छन् । अब म पूर्णरुपमा काममा मात्र ध्यान दिनेछु । विवाहको लागि नो चान्स भन्न चाँहन्छु । उनले भनिन् विवाह त के अन्य सम्बन्ध पनि जोड्न चाहन्न्।

विशेष