खेल

भलिबल नेपालको राष्ट्रिय खेल !

भलिबल नेपालको राष्ट्रिय खेल !


जेठ ९ । सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेलको मान्यता दिएको छ ।  

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता प्रदान गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले बताए ।

डन्डिबियोलाई नेपालको राष्ट्रिय खेल मानिँदै आएको परिप्रेक्षमा सरकारले भने भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिएको हो । कुन खेललाई राष्ट्रिय खेल बनाउने भन्ने बारे रायसुझाव पेश गर्न सम्बन्धित निकायहरुलाई युवा तथा खेलकुद मन्त्रालयले ३ वर्षअघि देखि नै आग्रह गर्दै आएको थियो । सबै निकायहरुको राय सुझावका अधारमा भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिने निर्णय गरेको उनले बताए ।

भलिबलभन्दा फुटबल र क्रिकेटको लोकप्रियता बढीरहेको सन्दर्भमा सरकारले गरेको यस किसिमको निर्णयले आम खेल जगतमा सरकारको आलोचनासमेत देखिएको छ ।

विशेष