स्वास्थ्य

मानिसलाई किन काउकुती लाग्छ, यस्तो छ कारण

मानिसलाई किन काउकुती लाग्छ, यस्तो छ कारण

काउकुती भनेको निकै गम्भीर विषय हो । “यो शरीरको रक्षा वा स्नायुप्रणालीमात्र होइन आफू र अरुबारेको होस वा चेतसँग पनि जोडिएको छ,  अन्य जटिल व्यवहार जस्तै काउकुतीबारे थप जान्न अरु पशुहरुले देखाउने व्यवहारले सघाउ पुर्याउँछ । काउकुतीका खासगरी दुई प्रकारका हुन्छन् । एउटालाई नीस्मेसिस भनिन्छ भने अर्कोलाई गार्गालेसिस भनिन्छ ।

नीस्मेसिस चाहिँ शुरुवाती प्रतिक्रिया हो । छालामा हल्का स्पर्शले निम्त्याउने मन नपर्ने खालको अनुभूति हो । यो धेरैमा लागू हुन्छ । “माउसुली, किरा तथा लगभग समग्र जीवमा यस्तो अनुभूति हुन्छ जुन शरीरको छालाको एउटा रक्षात्मक प्रतिक्रियासँग जोडिन्छ,“ प्रोभाइनले भने । जीवजन्तुले आफ्नो शरीरलाई किराको टोकाइ वा अन्य परजीवीबाट जोगाउन यस्तो प्रतिक्रिया देखाउँछन् ।

जीउ कन्याउने वा कान छिटोछिटो हल्लाउने व्यवहार नीस्मेसिस हो । गार्गालेसिस चाहिँ केवल स्तनधारी प्राणीमा मात्र पाइन्छ । यो अलि बेस्सरी गरिन्छ र यसले हाँसो निम्त्याउँछ । स्तनधारी प्राणीमाझ यो एक रमाइलो खेलका रुपमा पनि रहेको छ । काउकुती नै एक यस्तो चुट्किला सरह हो जसले मानव र चिम्पान्जी दुवैका बच्चा हाँस्छन ।

आधारभूत रुपमा काउकुतीको अनुभूति स्पर्श तथा पीडा थाहा पाउने स्नायुसँग जोडिन्छ । तर यो भन्दा थप अन्य विषय पनि छ । “काउकुतीका कारण उत्पन्न हुने हाँसो स्वचालित प्रतिक्रियाभन्दा पनि एक सामाजिक व्यवहार मान्नु उपयुक्त हुन्छ,“ छाला विशेषज्ञ स्यामुएल टि सेल्डनले सन् २००४ मा काउकुतीबारेको एक समीक्षामा लेखेका छन् ।

प्राणीको क्रमिक विकासका दौरान कुनै समय यो हाँसो उठाउने व्यवहारमा परिणत भयो । “हाँसोका निम्ति काउकुती एक मौलिक उत्तेजक हो,“ प्रोभाइन भन्छन् । “खासमा काउकुती लगाएजस्तो गर्नु विश्वको एक सबभन्दा प्राचीन चुट्किला हो जस्तो मलाई लाग्छ । काउकुती, काउकुती भनेर काउकुती लगाउन खोज्ने कार्य एक यस्तो चुट्किला सरह हो जसले मानिस तथा चिम्पान्जी दुवैका बच्चा हाँस्छन् ।“ यसबारे युकेकी युनिभर्सिटी अफ पोर्ट्समथकी मनोवैज्ञानिक मरिना डाभिला रस सहमत छिन् ।

उनले चिम्पान्जीका हाँसोबारे अनुसन्धान गरेकी छन् । “यसमा क्रमिक विकास सिद्धान्त अन्तर्गत रहेका सम्बन्धहरुबारे आनुवंशिक विशेषज्ञले आनुवंशिक आँकडा प्रयोग गरेजस्तै हामीले हाँसोका अकुस्टिक आँकडा प्रयोग गरेका छौं,“ उनले भनिन् ।

बिबिसी

Tickle

विशेष