मनोरञ्जन

उमेर ढल्के पनि जवान देखिने यी बलिउड कलाकार

उमेर ढल्के पनि जवान देखिने यी बलिउड कलाकार

समयको फेरबदलसँगै मानिसको अनुहार र शरीरमा परिवर्तन हुनु स्वभावीक हो । तर, बलिडिमा यस्ता कयौँ कलाकारहरु छन् जो उमेर जति ढल्कीदैँ गयो त्यती नै सौन्दर्यवान् हुँदै गएका छन् ।

कतिले प्लास्टिक सर्जरीको सहायत लिएका छन् भने कति प्राकृतिक रुपमा नै सुन्दर छन् । यी हुन् उमेर ढल्केपनि प्राकृतिक रुपमा या प्लास्टिक सर्जरी गरेर सुन्दर हुनेहरु ।

श्रीदेवी

श्रीदेवी दक्षिण भातकी अभिनेत्री थिइन् र उनले बलिउडमा सफल करियर बनाएपछि आफ्नो लुक्समा पनि बदलाव ल्याएकी थिइन् । एक समय श्रीदेवीले आफ्नो नाकको सर्जरी गरेको भन्ने खबरहरु व्यापक भएको थियो । तर, उनले यो कुरा कहिल्यै स्वीकारिनन् । उनमा पनि समयसँगै धेरै बदलनव आएको देखिन्छ ।

सलमान खान

बलिउड अभिनेता सलमान खान समयअनुसार फेरबदल भएका छन् । पहिलो फिल्म ‘बिबि हो तो एसी’ बाट खासै सफलता नपाएका सलमानले फिल्म ‘मेने प्यार किया’ बाट भने खुब सफलता पाए । पहिला देखिने सलमान र अहिलेका सलमानमा आएका फरकपन सजिलै अड्कल गर्न सकिन्छ ।

रेखा

बलिउडकी नंबर वान अभिनेत्री रेखाले तेलेगु फिल्मबाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । फिल्म ‘सावन भादो’ बाट सन् १९७० मा उनले बलिउडमा डेब्यु गरेकी हुन् । त्यसबेलदेखि अहिलेसम्म रेखामा यस्तो बदलाव आएको छ ।

सोनाली बान्द्रे

सोनालीले आफ्नो करियरको सुरुवात मोडलिङबाट सुरु गरेकी थिइन् । फिल्म ‘आग’ बाट फिल्ममा डेब्यु गरेकी थिइन् । फिल्म पूर्ण रुपम फ्लप भएपनि उनलाई उत्कृष्ट नवनायिकाको अवार्ड हात पारिन् । समय बदलिए पनि सोनालीको लुक्स भने झन् झन् राम्रो हुँदै गएको छ ।

अजय देवगन

फिल्म ‘फूल और काटें’ बाट बलिउडमा डेब्यु गरेका अभिनेता अजय देवगनको पनि समयअनुसार लुक्समा फेरबदल देखिन्छ । अजयलाई पहिलो फिल्मको सेटमा उनलाई एक फिल्म मेकरले अनुहारका कारण मजाकको पात्र बनाएको भन्ने पनि भनिन्छ । तर, अजयले पनि उमेर बढ्नुसँगै आफ्नो चमक झनै बढाएका छन् ।

करिश्मा

अभिनेत्री करिश्माले आफ्नो सुन्दरताको लागि प्यास्टिक सर्जरी गरेकी हुन् भन्ने हल्ला पनि यताकतक सुनिन्छ । तर, सन् १९९१ मा १७ वर्षको उमेरमा नै बलिउडमा डेब्यु गरेकी करिश्माा र अहिलेकी करिश्मामा पनि आकाश पतलको फरक देखिन सक्छ ।

काजोल

अभिनेत्री काजोल पनि पहिलो फिल्मदेखि अहिलेसम्ममा धेरै बदलीएकी छिन् । फिल्म ‘बेखुदी’ बाट उनले पहिलोपटक फिल्ममा डेब्यु गरेकी थिइन् । यसका अलाबा उनले कयौँ फिल्ममा पनि काम गरिन् । काजोेलको लुक्स र अनुहारको कलरमा समयसँगै निकै बदलाव आएको देखिन्छ ।

अक्षय कुमार

पहिलो फिल्ममा काम गर्दा अक्षयलाई ७ सेकेण्डको रोल मिलेको थियो । उनी पहिलो पटक लिड रोलमा त्यतिबेला आए जब उनको फिल्म ‘सौगांध’ फ्लप भयो । फिल्म ‘खेलाडी’ बाट असली पहिचान बनाएका अक्षयले त्यसपछि फेरि पछि फर्केर हेर्नुपरेन । त्यतिबेलादेखि अहिलेसम्म अक्षयमा पनि धेरै परिवर्तन देखिएको छ ।

माधुरी दिक्षित

बलिउडकी सुन्दर अभिनेत्री माधुरी दिक्षितको सुन्दरता मन नपराउने सायदै कोही छन् । माधुरीको पहिला र अहिलेको फोटोलाई हेर्ने हो भने उनमा धेरै परिवर्तन आएको देखिन्छ ।

bolywood

विशेष