मनोरञ्जन

 फराहाका पतिलाई शाहरुखको झापड !

 फराहाका पतिलाई शाहरुखको झापड !

काठमाडाैँः बलिउड फिल्म मेकर शिरिष कुंदर बुधबार (आज) बाट ४४ वर्ष लागेका छन् । शिरिषले फिल्म निर्देशक तथा निर्माता फराह खानसँग विवाह गरेका थिए । दुवैको विवाह भएको १२ वर्ष पूरा भइसकेको छ ।

एक पटक शिरिष आफ्नी पत्नीको एकदमै मिल्ने र नजिकका साथी शाहरुख खानबाट कुटाइ खाएपछि कन्ट्रोभर्सीमा परेका थिए ।

कुरा सन् २०१२ को हो जब सञ्जय दत्तको फिल्म ‘अग्नीपथ’ को सक्सेस पार्टी दिएका थिए । शिरिषले त्यसबेला ट्वीटरमा लेखेका थिए की, ‘रा वान को सुपर हिरोसँग मानिसलाई मनोरञ्जन दिने बाहेक दुनियाँको सबै तमाम शक्ति छ ।’ यही ट्वीत सञ्जयको पार्टीमा मारपिटको कारण बन्न पुगेको थियो ।

कन्ट्रोभर्सीको दौरान यस्तो पनि हल्ला चल्यो की शिरिष पार्टीमा केटीहरुलाई जिस्काइरहेका थिए र शाहरुखले उनलाई कुटे । तर, यो विषयमा भने शाहरुख र शिरिष दुबैले खुलेर कुरा गरेका छैनन् ।

विशेष