खेल

युनाइटेड युरोपा लिगको फाइनलमा आयाक्सविरुद्ध आज खेल्ने

युनाइटेड युरोपा लिगको फाइनलमा आयाक्सविरुद्ध आज खेल्ने

म्यानचेस्टर युनाइटेडले यस सिजनमा एक मात्र उपाधि जित्ने होडमा युरोपा लिगअन्तर्गत डच क्लब आयाक्सविरुद्ध फाइनल खेल्दैछ ।

जोसे मोउरिन्होलाई यसै वर्ष प्रशिक्षकमा नियुक्त गरेको युनाइटेडका लागि उक्त फाइनल युरोपा लिग जित्ने मात्र नभई च्याम्पियन्स लिगमा प्रवेश गर्ने सुनौलो मौका पनि छ । प्रिमियर लिगमा खराब प्रदर्शन गरेको युनाइटेड छैटौं स्थानमा रहेर च्याम्पियन्स लिगमा स्थान बनाउन असफल भएको थियो ।

तर, युरोपा लिग जितेको खण्डमा युनाइटेड प्रिमियर लिग विजेता चेल्सी, टोटेनहाम र म्यानचेस्टर सिटीसँगै च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गर्नेछ । युरोपा लिगको विजेताले सिधै च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश पाउने प्रावधान रहेको छ ।

लिभरपुल प्रिमियर लिगमा चौथो भएर च्याम्पियन्स लिगका लागि छनोट भएपनि उसले समूह चरणमा प्रवेश पाउन प्लेअफ म्याच खेल्नु पर्नेछ ।

 

म्यानचेस्टर युनाइटेड युरोपा लिग

विशेष