मनोरञ्जन

निश्चलको ‘२ रुपैयाँ’को पोस्टर

निश्चलको ‘२ रुपैयाँ’को पोस्टर

काठमाडाैँः कलाकार तथा निर्देशक निश्चल बस्नेत अभिनित फिल्म ‘२ रुपैयाँ’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । गायन, नृत्य, अभिनय र निर्देशन सबैमा माहिर रहेका निश्चल यस फिल्ममा ‘जुरेली’को भूमिकामा देखिने बताइएको छ ।

अहिलेसम्मका फिल्ममा टुक्राटुक्री अभिनयमा मात्र देखिएका निश्चल यस फिल्ममा भने मुख्य भूमिकामा देखिँदै छन् । करिब दश वर्षदेखि विज्ञापन निर्देशनमा लागेका असिम शाहले उक्त फिल्मको निर्देशन गर्न लागेका हुन् । निश्चलले आफ्नो फेसबुकमार्फत फिल्मको फस्र्ट लुक सार्वजनिक गरेका छन् ।


२ रूपैयाँ निश्चल बस्नेत

विशेष