मनोरञ्जन

यस्तो आयो प्रियंकाले बनाउन लागेको नेपाली फिल्मो पोस्टर

यस्तो आयो प्रियंकाले बनाउन लागेको नेपाली फिल्मो पोस्टर

काठमाडौँः बलिउड अभिनेत्री प्रियंका चोपडाले बनाउन लागेको नेपाली फिल्मको पहिललो पोस्टर सार्वजनिक भएको छ । उनकी आमा प्रमुख रहेको होम प्रोडक्सन पर्पल पेबल पिक्चरबाट उक्त फिल्म निर्माण हुन लागेको हो ।

‘पाहुना’ नाम गरेको उक्त फिल्ममा नेपालमा भएको दश वर्षीय द्वन्द्व कालमा आफ्ना बाबुआमाबाट छुटिएका ३ बालकको कथालाई चित्रण गरिएको छ । फिल्मको छायांकन पनि सिक्ममै हुने बताइएको छ ।

फिल्मको पोस्टर हालै फ्रान्समा सम्पन्न भएको ७० औँ कान्स फिल्म फेस्टिबलमा सार्वजनिक गरिएको थियो । सिक्कीमी सरकारसँगको सहकार्यमा बन्न लागेको उक्त फिल्ममा कलाकारहरु पनि सिक्कीमबाटै चयन भएका छन् ।

फिल्मको लागि सिक्कीमी अभिनेत्री मञ्जु क्षत्रीसहित पाँचजना कलाकार छनोट गरिएको छ । मञ्जुले यसअघि पनि ‘मेरी बास्सै’ मा काम गरिसकेकी छिन् ।

Pahuna

विशेष