खेल

मेस्सीलाई २१ महिनाको जेल सजाय, साढे ११ करोड जरिवाना, तर मेस्सी जेल नजाने

मेस्सीलाई २१ महिनाको जेल सजाय, साढे ११ करोड जरिवाना, तर मेस्सी जेल नजाने

स्पेनको उच्च अदालतले अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सीलाई २१ महिना जेल सजायका साथै २ मिलियन यूरो (११.५८ करोड)जरिवाना गरेको छ । अदालतले मेस्सीलाई कर छलीको आरोपमा सो सजाय सुनाएको हो ।

तर स्पेनको कानूनमा कुनै पनि व्यक्तिलाई अहिंसात्मक अपराधमा २ वर्ष भन्दा कम जेल सजाय भएमा जेलमा पठाइदैन । मेस्सी माथि कर छलीका तीन वटा मुद्दा चलिरहेका छन् । मेस्सी र उनका बुवा माथि चालीस लाख यूरो कर छलीको आरोप छ ।

यो भन्दा पहिला जुलाई ६, २०१६ मा स्पेनको एक अदालतले उनलाई २१ महिना जेल सजाय सुनाएको थियो । त्यतिबेला उनलाई करिब २४ करोड रुपैयाँ जरिवाना तोकिएको थियो । बुवालाई २१ महिना जेल सजाय सुनाउनुका साथै १७.९३ करोड रुपैयाँ जरिवाना तोकिएको थियो ।

मेस्सी र उनका बुवालाई २००६ देखि २००९ को बीचमा शेल कम्पनी मार्फत ४० लाख यूरो छली गरेको आरोप छ । २०१३ मा यो घटना बाहिर आएको थियो । यही घटनाका कारणले अहिले सम्म मेस्सीले ५० लाख यूरो कर भुक्तान गरिसकेका छन् ।

 

स्पेन लियोनल मेस्सी जरिवाना

विशेष