मनोरञ्जन

६ हजार विवाह प्रस्ताव तोडेका प्रभासले अनुष्कासँग विवाह गर्ने

६ हजार विवाह प्रस्ताव तोडेका प्रभासले अनुष्कासँग विवाह गर्ने

भारतीय बक्स अफिसमा करिब १५ सय करोड भन्दा माथिको व्यापार गर्न सफल भएको फिल्म ‘बाहुबली २’ का अभिनेता प्रभासले विवाह गर्ने भएका छन् । पाँच वर्षसम्म बाहुबलीको कामले गर्दा विवाह रोकेका प्रभासले ६ हजार विवाह प्रस्तावलाई अस्वीकार गरेका थिए ।

फिल्मकी अर्की अभिनेत्री अनुष्का शेट्टीले पनि प्रभाससँग विवाह गर्नकै लागि दुई वर्षसम्म आफ्नो विवाह रोकेको भारतीय मिडियाले जनाएको छ । प्रभास उनले पनि आफूजस्तै फिल्ममा पूर्ण रुपमा ध्यान दिउन् भन्ने चाहन्थे ।

भारतको चर्चित अनलाइन पोर्टलअनुसार अहिले यी दुई एकअर्कासंग डेट गरिरहेको बताइएको छ । फिल्ममा पनि प्रभास र अनुष्काको केमेस्ट्रिलाई खुब रुचाइएको थियो । उनीहरुको सम्बन्धबारे भने प्रभास र अनुष्का दुवैले मुख खोलेका छैनन् ।

Anuska Shetty

विशेष