मनोरञ्जन

अविवाहित सलमानको खुलासा बिना सेक्स एक महिना पनि टिक्न सक्दिन्

अविवाहित सलमानको खुलासा बिना सेक्स एक महिना पनि टिक्न सक्दिन्


बलिउड अभिनेता सलमान खान अहिलेसम्म पनि अविवाहित छन् । बेलाबेलामा उनको नाम कयौँ युवतीहरुसँग नजोडिने होइन । तर, उनको बारेमा बलिउड निर्देशक तथा निर्माता करण जोहरको शोमा भएको खुलाशाले भारतीय मिडियाहरुले ठूलै स्थान पाएका थिए ।

करण जोहर आज ४५ वर्ष भएका छन् । २५ मे १९७२ मा मुम्बइमा जन्मिएका करण आफ्ना फिल्ममात्र नभएर उनले चलाउने रियालीटि शो ‘कफी विथ करण’ ले पनि चर्चित छन् । ‘कफी विथ करण’ को पाँचवटा संस्करण टेलिकास्ट भइसकेका छन् । करणका शोमा सेलिब्रेटिहरुकाबारे त्यस्ता धेरै विवाद भएका छन् । जसमध्ये एक हो सलमान सेक्सबिना रहन नसक्ने खुलाशा ।

करणको पाँचौ संस्करणको शोमा सलमान आफ्ना दुई भाइ सोहिल र अर्बाजसँग पुगेका थिए । त्यही दौरान करणले अबार्जलाई दुईजनामध्ये को सेक्सबिना बस्ने च्यालेन्ज स्वीकार गर्न सक्दैन भन्ने प्रश्न गरेका थिए । उत्तरमा अर्बाजले सलमान सेक्स र वर्कआउट बिना एक महिना पनि टिक्न नसक्ने जवाफ दिएपछि सलमान हाँसेर मुर्छा परेका थिए ।

त्यस्तैगरि करणकै शोमा सलमानले आफू अहिलेसम्म पनि भर्जिन भएको खुलाशा गरेको खबरले पनि मिडियामा राम्रै चर्चा पाएको थियो । विवाहअघिको यौनसम्बन्धमा विश्वास नराख्ने पनि सलमानले ‘कफी विथ करण’ को तेस्रो संस्करणमा बताएका थिए ।

अभिनेत्री दिपिका पादुकोण पनि उक्त शोमा गएर कन्ट्रोभर्सीमा पर्न पुगिन् । ‘कफी विथ करण’ को तेस्रो संस्करणमा पुगेकी दिपिकाको त्यस समय भर्खरै रनबीर कपूरसँग ब्रेक अप भएको थियो । त्यस समय दिपिकाले रनबीरको प्लेव्वाई चरित्रको खुब मजाक उडाइन् । शोमा जब करणले दिपिकालाई रनवीरलाई के उपहार दिन मन छ भनेर प्रश्न गर्दा जवाफमा दिपिकाले कण्डम उपहार दिने रहर भएको बताएकी थिइन् ।

त्यस्तैगरि शोमा जब शाहरुख खानलाई उनको र सलमान खानको सम्बन्धको बारेमा प्रश्न गरियो तब उनले भने, ‘यदि सलमान रिसाएका छन् भने शत प्रतिशत मेरो गल्ती छ ।’

विशेष