खेल

प्रधानमन्त्री कप क्रिकेटः पुलिसको लगातार दोस्रो जित

प्रधानमन्त्री कप क्रिकेटः पुलिसको लगातार दोस्रो जित

काठमाडौंः कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप क्रिकेटमा पुलिस क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ ।

पहिलो खेलमा सुदूरपश्चिमसँग ७ विकेटले विजयी भएको पुलिसले दाेस्राे खेलमा पूर्वाञ्चललाई ९ विकेटले पराजित गरेको छ । पूर्वाञ्चलले दिएको १०५ रनको लक्ष्य पुलिसले १७ दशमलव १ ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो ।

पुलिसको लागि सुनिल धमलाले अविजित ५२ तथा दिलिप नाथले ३६ रनको योगदान दिए । पूर्वाञ्चलको लागि सागल ढकालले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पूर्वाञ्चलले ३७ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १०४ रन मात्र बनाउन सफल भयो । पूर्वाञ्चलको लागि मेहवुव आलमले सर्वाधिक ४० रन तथा अमल दासले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

पुलिसका लागि सुशील कँडेलले तीन विकेट लिए । त्यस्तै पूर्वाञ्चलले लगातार दोस्रो हार ब्यहोरेको छ । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा पनि पूर्वाञ्चल आर्मीसँग मात्र १०३ रनमा समेटिएको थियो ।

पुलिस क्लब

विशेष