समाज

मेलमिलाप आयोगले सातै प्रदेशमा केन्द्रित रहेर अनुसन्धान सुरु गर्ने

मेलमिलाप आयोगले सातै प्रदेशमा केन्द्रित रहेर अनुसन्धान सुरु गर्ने

काठमाडौंः सत्य निरूपण तथा मेलमिलाप आयोगले छिटै सात प्रदेश केन्द्रीत भएर अनुसन्धान सुरू गर्ने भएको छ । प्रत्येक प्रदेशमा अनुसन्धानको समन्वय आयोग स्थापना गर्ने र पदाधिकारी नियुक्ति गर्ने आयोगले निर्णय गरेको हो ।

आयोग गठन भएर पनि बीचमा केही समय निस्क्रिय जस्तै भएको आयोगले गत बैशाखदेखि नियमित काम गरिरहेको कुरा पराजुलीले फेसबुकमार्फत जानकारी गराइन् । आयोगले द्वन्द्व पीडितलाइ न्याय दिन प्रदेशस्तरीय मुकामवाट महत्वपूर्ण काम गर्ने पराजुलीले जनाएकी छिन् ।

केही समयअघि सकिएको आयोगको म्यादलाई फेरि सरकारले एक वर्षका लागि थपिएको थियो । पीडितको नाममा आयोगले केही काम गर्न नसकेको पीडितहरुको गुनासो गर्दै आएका छन् ।

आयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेपाली जनयुद्धका समयमा प्रधामन्त्री रहेका काँग्रेसका सभापती शेरबहादुर देउवा र तत्कालिन राज्यपक्षकाविरुद्ध पनि उजुरी परेको छ ।

मेलमिलाप आयोग

विशेष