‘दंगल’ ले तोड्यो ‘बाहुबली २’ को सारा रेकर्ड

एसएस राजमौली निर्देशित फिल्म ‘बाहुबली २’ को बक्स अफिसको रेकर्ड आमीर खान अभिनित फिल्म ‘दंगल’ ले तोडेको छ ।
केही समयअघिमात्र चीन र ताइवानमा रिलिज गरिएको फिल्मले अहिले विश्वभर गरेर १५ सय ८५ करोडको व्यापार गर्न सफल भएको छ । त्यस्तैगरि ‘बाहुबली २’ को विश्वभरको कलेक्सन १५ सय ३० करोड रहेको छ ।
आफ्नो फिल्मले ‘बाहुबली २’ को रेकर्ड तोडेकोबारे प्रश्न गर्दा आमरिले भने, ‘दंगलले चीनमा राम्रो प्रतिक्रिया पाइरहेका कारण म खुशी छु । तर, दुईवटा फिल्मलाई तुलना गर्न मिल्दैन । मैले फिल्म हेरेको छैन तर मैले फिल्मको बारेमा भने धरै राम्रा प्रतिक्रिया सुन्दै आएको छु । यो सबैले गर्दा म निर्देशक राजमौली र सम्पुर्ण टिमलाई धन्यवाद दिन चाहन्छु ।’
एजेन्सी
Dangal