कुनै सम्बन्ध नभएको भन्ने अनुष्का किन सधै विराटसँग

जेठ १२ । बलिउड अभिनेत्री अनुष्का शर्मा आफ्नो प्रेम जीवनबारे कहिल्यै खुलेर कुरा गर्दिनन् । क्रिकेटर विराट कोहलीसँगको सम्बन्धबारे पनि उनी मिडियाबाट टाढै रहँदै आएकी छिन् ।
तर, सामाजिक समारोह, पार्टीहरुमा यी दुई सधैँ सँगै रहने गर्छन् । यस अघि प्रणय दिवसका दिन पनि विराटले अनुष्का र आफ्नी आमाको फोटो सामाजिक सञ्जाल इन्स्टाग्राममा सेयर गरेका थिए ।
हालै भारतीय क्रिकेटर जाहिर खानको विवाहको इन्गेजमेन्टमा उनिहरु सँगै भेटिएको फोटो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।