मनोरञ्जन

हलिउड र बलिउड सुपरस्टारको जम्काभेट

हलिउड र बलिउड सुपरस्टारको जम्काभेट


हलिउड सुपरस्टार ब्राड पिट कसैलाई थाहै नदिई भारत पुगे । आफ्नो आउँदै गरेको फिल्म ‘वार मेसिन’ को प्रचार गर्न उनी भारत पुगेका थिए ।

यो भन्दा अघि पनि ज्याकी चेन, जस्टिन बिबर, भिन डिजेल आदिले भारत भ्रमण गरेका थिए । तर, उनीहरु आउने खबरले व्यापक रुपमा मिडियामा चर्चा पाएका थिए । सुटुक्क भारत पसेका पिटले एक कार्यक्रमको आयोजना गर्दै बलिउड सुपरस्टार शाहरुख खानसँग बातचित गरेका थिए । कुराकानीको क्रममा उनीहरुले हलिउड र बलिउडमा बन्ने फिल्मको प्रवृत्तिबारे कुरा गरेका थिए ।

यो भन्दा अघि पिट सन् २००६ मा आफ्नी त्यतिबेलाकी प्रेमीका एन्जिलीना जोलीसँग भारत पुगेका थिए । एन्जिलिनासँग विवाह भएर बच्चा जन्माएका उनीहरुको अहिले उनीहरुको सम्बन्ध विच्छद भइसकेको छ ।

एजेन्सी

Saharuk Khan Brand Pit

विशेष