मनोरञ्जन

१०३ वर्षीय फ्यानले अमिताभलाई भेटेपछि...

१०३ वर्षीय फ्यानले अमिताभलाई भेटेपछि...


बलिउडका सुपरस्टार अभिताभले जीवनकै वृद्ध फ्यानलाई भेटेका छन् । १०३ वर्ष उमेरकी उक्त फ्यानले अमिताभलाई वर्षैसम्म उनको फिल्म हेर्न पाइयोस् भनेर आशिर्वाद पनि दिएकी छिन् ।

वच्चनले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनको र ती वृद्धाको फोटो सेयर गर्दै ट्वीट गरेका थिए ।  यतिबेला उनी थुप्रै फिल्मी प्रोजेक्टमा व्यस्त छन् । उनको भर्खरै रिलिज भएको फिल्म ‘सरकार ३’ ले बक्स अफिसमा कमाल गर्न सकेन । उनी चाँडै नै अब फिल्म ‘थग्स अफ हिन्दुस्तान’ मा देखिँदै छन् ।

त्यस्तैगरि उनी २६ वर्ष पछि अभिनेता ऋषी कपूरसँग एकै फिल्ममा देखिँदै छन् । उक्त फिल्ममा अमिताभले १०२ वर्षको वृद्धा बनेर ऋषी कपूरका बाबुको भूमिका निभाउने बताइएको छ ।

एजेन्सी

Amitav Bachhan

विशेष