समाज

एकछिन वर्षा हुँदा यस्तो हुन्छ सहर, बनाइयो महानगरपालिका (फोटोफिचर)

एकछिन वर्षा हुँदा यस्तो हुन्छ सहर, बनाइयो महानगरपालिका (फोटोफिचर)

जेठ–१२ । विराटनगर उपमहानगरपालिकालाई सरकारले हालै महानगरपालिका घोषणा गरेको छ । विराटनगरका धेरै क्षेत्रहरुमा अहिले पनि बिजुली छैन, खानेपानीको सुविधा छैन, सार्वजनिक शौचालय छैन । कालोपत्रे सडक त कोसी राजमार्ग र मेनरोडमा मात्रै छ । प्राय सडक ग्राभेल छन् । फाटफुट कालोपत्रे पनि एउटा वर्षा खप्दैन ।
विराटनगरलाई महानगरपालिका बनाइएपछि धेरैजसो सचेत विराटनगरवासीहरुले त जिब्रो टोके । राजनीतिक दलका नेता कार्यकर्ताहरु भने जस लिन हानाथाप गरिरहेका छन् । अरु सबै कुरा उस्तै नाम मात्रै फेरिएकोमा खुसी मनाउनु पर्ने केही छैन । तर अहिले विराटनगरमा यस्तै छ स्थिति ।
विराटनगरमा शुक्रबार दिउँसो एकछिन पानी पर्दा सहरको हालत यस्तो देखियो । ढल निकासको राम्रो प्रबन्ध नहुँदा विराटनगरका अधिकांश भाग वर्षामा यसैगरी डुबानमा पर्छन । तर पनि विराटनगर महानगरपालिका बनेको छ ।

 


तस्बिरः दिपक सानुभाई र आवर विराटनगरबाट

विशेष