मनोरञ्जन

विवादित बनेको ‘नेपाल आइडल’ बारे बज्रचार्यले मुख खोले

विवादित बनेको ‘नेपाल आइडल’ बारे बज्रचार्यले मुख खोले

नेपाली परिवेशमा अहिले सार्वधिक विवादमा मुछिएको कार्यक्रम हो ‘नेपाल आइडल’ नेपालगञ्ज, बुटवल, नारायणगढ, वीरगन्ज, विराटनगर तथा काठमाडौँमा सम्पन्न भएका अडिसनका दृश्यहरु प्रशारण भएलगत्तै उक्त कार्यक्रम विवादमा मुछिन पुगेको छ ।

विशेषगरि सामाजिक सञ्जालमा नेपाल आइडलका निर्णयकहरुको चर्को आलोचना हुँदा यसबारे निर्णयक तथा संगीतकार न्ह्यू बज्रचार्यले मुख खोलेका छन् ।

विवादबारे बोल्दै बज्रचार्यले प्रतियोगीतामा हारजित हुने र विवाद पनि हुने बताए । आफूमा ३१ वर्षसम्म सांगितिक क्षेत्रमा काम गरेको अनुभव भएको र विभिन्न पुस्ताका गायक गायिकासँग काम गरेको बताउँदै उनले भने, ‘गीत गाउने भनेको भावना व्यक्त गर्नु हो । सुर र तालमात्र समातेर हुँदैन, गायकले गाएको गीत मानिसको मनमा बस्न सफल हुनुपर्छ ।’

त्यसो त नेपाल आइडलबाहेक बज्रचार्यको व्यक्तिगत कुरामा पनि टिप्पणी भएको छ । उनलाई नेपाली बोल्न नजान्ने र प्रतियोगीलाई ‘तिमी’ भनेर सम्बोधन गरिएको पनि आरोप छ । यसलाई चिर्दै उनले आफूले जात र भाषालाई लिएर कसैलाई भेदभाव नगरेको र नेपालमा बोलिने सबै भाषा राष्ट्रिय भाषा भएको बताए ।
त्यस्तै गरि आएका प्रतियोगीहरुलाई ‘तपार्इं’ भन्दा पनि ‘तिमी’ भनेर सम्बोधन गरेको आत्मीय लाग्ने उनले बताए ।

आएका राम्रा प्रतियोगिलाई पनि छनौट नगरेको विवादमा उनले कुनै ठाउँमा राम्रो गाउने धेरै प्रतियोगीहरु हुँदा पनि त्यस्तो अवस्थामाा निर्णयकहरुलाई नै निर्णय गर्न गाह्रो भएको बताएका छन् ।

अन्त्यमा उनले जे भएपनि उक्त कार्यक्रम सम्पन्न भइसकेपछि जुन कलाकारलेनेपाल आइडलको उपाधी जित्छ ऊ वास्तावमै कलाकार भएर निस्कनेमा कुनै शंका नभएको बताए ।
— साप्ताहिकबाट

Nepal Idol Nhyoo Bajracharya

विशेष