देश

सामान्य विवादमा आफ्नै जीउमा आगो लगाउँदा महिलाको मृत्यु

सामान्य विवादमा आफ्नै जीउमा आगो लगाउँदा महिलाको मृत्यु

राजविराजः सप्तरीको शम्भुनाथ नगरपालिकास्थित खोक्सरमा आफ्नो जीउमा आगो लगाउँदा एक महिलाको शुक्रबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको शम्भुनाथ नगरपालिका–१ निवासी इन्द्रदेव यादवकी ३५ वर्षीया श्रीमती रामादेवी यादव रहेको प्रहरीले जनाएको छ ।

आगोले पोलेर गम्भीर घाइते भएकी उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाक्रममा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए । श्रीमान्सँग सामान्य विवाद हुँदा रामादेवीले आफ्नो शरीरमा मट्टितेल छर्केर आगो लगाएकी थिइन् ।

विशेष