समाज

९० वर्ष पार गरेका ३९ नागरिकलाई सम्मान

९० वर्ष पार गरेका ३९ नागरिकलाई सम्मान

वाग्मती बोर्डिङ स्कुल सुकेधाराले ९० वर्ष पार गरेका ३९ नागरिकलाई आज सम्मान गरेको छ ।

विद्यालयले ज्येष्ठ नागरिकलाई खादा, फूलको माला र एक हजार १०१ रुपैयाँसहित सम्मान गरेको हो । सम्मानित हुनेमध्ये १०० वर्ष पूरा गरेका नौ र ९० वर्ष पूरा गरेका ३० जना थिए। सम्मान पाउनेमध्ये १०८ वर्षीया मयजु महर्जन सबैभन्दा ज्येष्ठ छन्।

ज्येष्ठ नागरिकलाई सम्मान गर्दै राष्ट्रकवि माधवप्रसाद घिमिरेले ज्येष्ठ नागरिकको अनुभवलाई नयाँ पुस्ताले अनुसरण गर्नुपर्ने बताए । समाजकल्याण परिषद् ज्येष्ठ नागरिक कोषका सभापति रामकृष्ण कर्माचार्यले ज्येष्ठ नागरिकलाई कुनै पनि सङ्घ संस्था मात्र भन्दा पनि राज्यले नै सम्मान गर्नुपर्ने बताए।  

विद्यालयका प्राचार्य डा सुरेन्द्र सिटौलाले विद्यार्थीलाई आमाबाबुलाई सम्मान तथा आदर गर्नुपर्छ भन्ने शिक्षा दिनका लागि विद्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गरेको जानकारी दिए।

विशेष