समाज

स्थानीय तहको संख्या थप्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चको यस्तो आदेश

स्थानीय तहको संख्या थप्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चको यस्तो आदेश

काठमाडौंः सर्वाेच्च अदालतले स्थानीय तहको संख्या बढाउने निर्णय यथास्थितिमा राख्न सरकारलाई अन्तरिम आदेश दिएको छ । अधिवक्ता धनबहादुर श्रेष्ठ, गोपाल श्रेष्ठ र शर्मिला सिलवालले सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सरकारले गत सोमबार २२ स्थानीय तह थपेर बिराटनगर र वीरगञ्जलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो । न्यायाधीश ईश्वर खतिवडा र सपना मल्ल प्रधानको इजलासले तराईं मधेसका जिल्लामा स्थानीय तहको संख्या निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले संविधानको धारा २ सय ९५ अनुसार आयोगले मात्र स्थानीय तहको संख्या बढाउन सक्ने ठहर गरेको छ । सर्वोच्चले सरकारले स्थानीय तहको संख्या बढाएर राजपत्रमा समेत प्रकाशित गरेको पाइएको भन्दै निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो ।

सर्वोच्च अदालत

विशेष