मनोरञ्जन

‘पशुपतिप्रसाद’को टोलीले निर्माण गरेको ‘धनपति’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

‘पशुपतिप्रसाद’को टोलीले निर्माण गरेको ‘धनपति’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडाैं टुकी आर्ट्स र दीपेन्द्र के. खनाल प्रोडक्सनको ब्यानरमा निर्मित धनपतिको ट्रेलर सार्वजनिक भएको छ । २०७२ सालको बहुचचित्र फिल्म ‘पशुपतिप्रसाद’को टोलीले निर्माण गरेको धनपतिको राजधानीमा शुक्रबार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।

फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन् भने फिल्मको मुख्य चरित्रमा पनि उनै रहेको छन् । फिल्मको निर्देशन तथा छायांकन दीपेन्द्र के. खनाल गरेका हुने भने दीर्घ खड्काले सम्पादन गरेका छन् ।

धनपतिको रिलिज मिति असार २३ गते राखिएको छ । फिल्ममा खगेन्द्रका अलावा लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा, प्रकाश घिमिरेलगायतको शसक्त अभिनय देख्न सकिन्छ ।

विशेष