मनोरञ्जन

भरत आचार्यको गजल 'धोती मेरा टोपी तेरो' (भिडियोसहित)

भरत आचार्यको गजल 'धोती मेरा टोपी तेरो' (भिडियोसहित)

पहिला अकल झुकल कलम चलाउँदै आएता पनि बिबिध कारणले निरन्तरता दिन नसकेका कवि भरत आचार्य नेपालमा आएको महाभूकम्प र चरम नाकाबन्दी पछि आम नेपालीले भोग्नु परेका पिडाहरु कविता,गीत,गजल र व्यंग्यात्मक अभिव्यक्ति मार्फत पोख्दै आएका छन् ।

भर्खरै मात्र तयार भएको गजल ‘धोती मेरो टोपी तेरो दौरा सुरवाल कस्को ?’ वोलको राष्ट्रिय भावको गजलमा कवि आचार्यले हामीमा नेपालीमा हामी भन्ने भावना हराउँदै गएर र सिङ्गो देशनै तेरो मेरो भन्ने भावनामा अल्झेको कुरा गजल मार्फत व्यक्त गरेका छन्।

सागर शरद अधिकारिको स्वर तथा संगीत, साहश शाक्यको संगीत संयोजन रहेको उक्त गजल अक्विस्टिक नेपाल स्टूडियोमा रेकर्ड भएको हो।भर्खरै मात्र छायांकन भै बाहिर आएको सो गजलको म्युजिक भिडियोमा छायांकार अजय रेग्मी,सम्पादन उद्दीपध्वज थापा निर्देशन सुरेश राउत रहेका छन् भने गीत रेकर्ड देखि म्युजिक भिडियो सम्पन्न सम्मको काममा विशेष सहयोगीको भूमिका गीतकार तथा चलचित्र कर्मी प्रकाश सुवेदीको रहेको छ ।

 

विशेष